आज :

धनुषाका निर्माण व्यवसायीहरू आन्दोलित

  • अनलाइन डबली

जनकपुर । धनुषाका निर्माण व्यवसायीहरु आन्दोलित भएका छन् । निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको अनुपातमा सरकारले मूल्य समायोजन नगरेको भन्दै धनुषाका निर्माण व्यवसायीहरुले बिहीबार (आज) जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।
उनीहरुले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेललाई ज्ञापन पत्र पनि बुझाएका छन् । ज्ञापन पत्र बुझाउँदै उनीहरुले मुलुकभरको निर्माण कार्य बन्द गर्ने चेतावनी पनि दिएका छन् ।
मध्यपूर्वमा भइरहेको युद्धका कारण ईन्धनसहित निर्माण सामग्रीहरुको मूल्यले आकाश छोएको बेला निर्माण व्यवसायलाई सरकारले तोकेको ईन्डेक्स रकममा कुनै वृद्धि नभएकोले आफूहरु मारमा परेको निर्माण व्यवसायी धनुषाका अध्यक्ष असोक कुमार चौधरीले जानकारी दिए ।
भारत र बंगलादेशमा पनि मूल्य समायोजन भइसकेकोमा नेपाल सरकारले भने अहिलेसम्म कुनै चासो नदेखाएकोले बाध्य भएर आन्दोलनमा उत्रिएको अध्यक्ष चौधरीले बताए । ईन्धन लगायत निर्माण सामग्रीहरुको मूल्य बढेको दिनदेखि नै आफूहरुको मूल्य समायोज गरिएको दर कायम हुनुपर्ने उनको भनाई छ ।
भोली शुक्रबार र आउँदो सोमबार ४ वटै विकासे अड्डाहरुमा ज्ञापन पत्र एवम् धर्ना दिने अध्यक्ष चौधरीले जानकारी दिए । उनले ती सम्पूर्ण विकासे अड्डाहरुका प्रमुखहरुलाई भेटर निर्माण व्यवसायलाई काम सम्पन्न गर्न नभन्न अनुरोध गर्ने उनले बताए । सरकारले मूल्य समायोजन नगरी निर्माण कार्यहरु अगाडि बढाउन दबाब दिए त्यसको नतिजा नराम्रो हुने अध्यक्ष चौधरीले चेतावनी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal