आज :

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित ,विपक्षी दलहरुको विरोध,राजीनामाको माग

  • अनलाइन डबली

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले विरोध जनाएका छन् ।

बुधबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका हुन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामाको समेत  माग गरेका छन् । आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ ।

जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् ।

 

हर्क साम्पाङले छाडे संसद बैठक 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।

श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले प्रधानमन्त्री राजीनामा माग गर्दै बैठकबाट बाहिरिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal