आज :

लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन

  • अनलाइन डबली

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन चलाउनले ३१ वटा सवारी चालहरूको सवारी चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाएका छन् ।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपरीक्षक अधिकारीले लापरबाहीपूर्ण सवारी साधन चलाउनले ३१ वटा सवारी चालकको सवारी अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालयमा लेखेर पठाएको जानकारी लिए ।

‘लापरबाहीपूर्ण सवारी साधन चलाउने यही महिना मात्र ३१ वटा सवारी चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालय लेखेर पठाइएको छ । लापसो मापासे गरेर चलाउने १५÷२० पटकसम्म लापारवाही गरेर चलाउनेहरुको लाइसेन्स निलम्बनका लागि पठाइएको,’ उनले भने ।

उनले चोरीको मोटरसाईकल नियन्त्रणको लागि ट्राफिक प्रहरी सडक प्रयोगकर्ताहरूबिचको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीको व्यवहारमा परिवर्तन गर्नका लागि विभिन्न कार्यक्रम संचालन गरिएको पनि जानकारी दिए ।

‘चोरीको मोटरसाइकल नियन्त्रणका लागि ट्राफिक प्रहरी, सडक प्रयोगकर्ताहरूबिचको गुनासोलाई सम्बोधन गर्न, ट्राफिक प्रहरीको व्यवहारमा परिवर्तन गर्न चेन्जिङ पावर, एकीकृत वसपार्क प्रणाली, विभिन्न स्थानमा पार्किङ गरेर अस्तव्यस्त सडक बनाउने प्रक्रियालाई अन्त्य गर्दै लामो र मझौला दुरीका सवारी साधनहरू बसपार्कबाट मात्रै छुट्ने व्यवस्था व्यवहारमा ल्याइएको छ,’ उनले भने ।

उनले भदै २३÷२४ गतेको आन्दोलन पश्चात खरानीको रूपमा रहेको ३७ ट्राफिक कार्यालय निर्माण गर्दै ट्राफिक प्रहरी थप शसक्त बनाउँदै कारबाही प्रक्रियालाई पनि अझ बलियो बनाउँदै अगाडि बढेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal