आज :

मधेश प्रदेशमा पहिलो पटक न्यायिक महोत्सव हुँदै

  • अनलाइन डबली

जनकपुर । मधेश प्रदेशमा पहिलो पटक न्यायिक महोत्सव हुने भएको छ ।
कानुन दिवसको अवसरमा शनिबार जनकपुरधाममा उक्त महोत्सवको आयोजना हुन लागेको उच्च अदालत जनकपुरका कायममुकायम प्रमुख न्यायाधीश टेक नारायण कुँवरले जानकारी दिए ।
शुक्रबार (आज) जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै प्रमुख न्यायाधीश कुंवरले उक्त महोत्सवबारे जानकारी दिएका छन् । उनका अनुसार उक्त महोत्सवमा उच्च अदालत जनकपुर र यस अन्तर्गत रहेका विरगञ्ज उच्च अदालत इजलास र सिरहा उच्च अदालत इजलासका साथै पुनरावेदन सुन्ने आठवटै जिल्लाका न्यायाधीश, सरकारी वकिल, कार्यालय प्रमुख, कर्मचारीहरुसहित नागरिक समाजको उपस्थिति हुनेछ ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृतिक केन्द्रमा हुने उक्त महोत्सवमा जनचेतना जगाउने, न्याय सम्पादनको प्रक्रियाबारे जानकारी गराउने, अदालत र सरकारी वकीलहरुले गर्ने काम कारवाहीबारे जानकारी दिनेलगायतका बृहत कार्यक्रम हुने कायममुकायम प्रमुख न्यायाधीश कुँवरले बताए । साथै परामर्श अन्तरक्रिया, प्रस्तुतीकरणको कार्यक्रम पनि रहेको उनले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन भर्चुअल माध्यमबाट सर्वोच्च अदालतका प्रधानन्यायाधीशले गर्ने जनाइएको छ । कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण हुने जनाइएको छ भने कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव र गृहमन्त्री फकिरा महतोले पनि सम्बोधन गर्ने कुँवरले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal