आज :

रोशी खोलामा पानीको सतह बढेपछि बिपी राजमार्ग बन्द

  • अनलाइन डबली

 

रामेछाप । रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज(सोमबार) बिहान खोलामा पानीको सतह बढेपछि सडक रोकिएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले बिपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार कुषादेवी क्षेत्रमा लगातार वर्षा भएपछि रोशी खोलामा पानीको सतह बढेको छ । यसले राजमार्गमा सम्भावित जोखिम बढाएको भन्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।

प्रहरीले खोलाको बहाव सामान्य भई सडकमा कुनै अवरोध नरहेपछि मात्रै अर्को सूचना जारी गरी बाटो सुचारु भएको जानकारी गराइने जनाएको छ ।

यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक जोखिम नलिन आग्रह गरिएको छ । थप जानकारीका लागि १०० र १०३ मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

रोशी खालामा बाढीले सडक बगाएपछि डाइभर्सन निर्माण गरी अस्थायी रूपमा यातायात सञ्चालन गरिएको छ । खोलामा सामान्य बाढी आउने बित्तिकै बारम्बार सडक बन्द हुने गरेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal