आज :

ढाकामा ‘सुन्दर नेपाल’ फोटो प्रदर्शनी सम्पन्न

  • अनलाइन डबली

ढाका । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले बङ्गलादेशको राजधानी ढाकामा ‘सुन्दर नेपाल’ शीर्षकमा फोटो प्रदर्शनी सम्पन्न गरेको छ ।

बिहीबार आयोजित कार्यक्रममा ढाकाका प्रदेश सूचना मन्त्री यसरी खान चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने सहन हफिजले प्रदर्शनी उद्घाटन गरेका थिए ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १० सदस्यीय नेपाली फोटो पत्रकार टोली बङ्गलादेश फोटो पत्रकार संघको निमन्त्रणामा ढाका पुगेको हो ।

नेपाल र बङ्गलादेशबिचको ‘मित्रता र भाइचाराको २१ वर्ष’ मनाउने सन्दर्भमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल र बङ्गलादेश फोटो जर्नालिस्ट्स एसोसिएसन (बीपीजेए) ढाकाको संयुक्त आयोजनामा उक्त प्रदर्शनी गरिएको हो।

प्रदर्शनीमा नेपालका हिमाल, पहाड, तराई, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा जनजीवन झल्काउने विभिन्न तस्बिरहरू प्रस्तुत गरिएका थिए । सहभागी अतिथि तथा दर्शकहरूले नेपाली फोटो पत्रकारहरूको सिर्जनशीलता, दृष्टिकोण र प्रस्तुतीकरणको उच्च प्रशंसा गरेका थिए ।

कार्यक्रमले नेपाल–बङ्गलादेशबिचको पत्रकारिता सम्बन्धलाई थप सुदृढ बनाउँदै आगामी दिनमा सहकार्य, अनुभव आदान–प्रदान तथा संयुक्त कार्यक्रम सञ्चालनका लागि मार्ग प्रशस्त गरेको अध्यक्ष वन्तले जानकारी दिए ।

दुवै देशका फोटो पत्रकारहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रमले मित्रता, सांस्कृतिक आदान–प्रदान तथा व्यावसायिक सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal