आज :

आफ्नै बुबाको हत्या गरी १८ वर्षदेखि फरार व्यक्ति चितवनबाट पक्राउ

  • अनलाइन डबली

रौतहट । रौतहटमा १८ वर्षअघि आफ्नै बुबाको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ (साबिक जयनगर गाविस–४) का ४९ वर्षीय राम विलास महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई लुकिछिपी बसेको अवस्थामा चितवनबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार २०६४ जेठ २० गते राति साबिक जयनगर गाविस–४ स्थित गोठ घरमा ६५ वर्षीय विश्वेश्वर महतो कोइरीको हातखुट्टा बाँधेर धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार हत्याको मुख्य कारण ऋण र जग्गा विवाद देखिएको छ । अभियुक्त राम विलासले गाउँका धेरै व्यक्तिसँग ऋण लिएका थिए।अड्डा अदालतमा जग्गा खिचोला सम्बन्धी मुद्दा समेत चलिरहेको थियो।मुद्दाको खर्च जुटाउन नसकेपछि उनले आफ्नै बुबाको हत्या गरेर विपक्षीहरूलाई ‘ज्यान मुद्दा’ मा फसाउने योजना बनाएका थिए ।

विपक्षीहरू जेल गएमा ऋण तिर्नु नपर्ने र जग्गा विवाद पनि सुल्झिने उनको दाउ थियो ।

हत्यापछि शंका लाग्ने डरले राम विलास स–परिवार फरार भएका थिए। प्रहरीले सूक्ष्म अनुसन्धान र खोजतलास जारी राख्ने क्रममा उनलाई १८ वर्षपछि २०८३ वैशाख १६ गते चितवनमा फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका महतोमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal