काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई आज बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।
जेनजी आन्दोनलको क्रममा खड्काको घरमा भेटिएको भनिएको पैसाबारे अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । खड्कालाई त्यसकै आधारमा अनुसन्धानका गर्ने नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिए ।
खड्कामाथि नेपाल स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।


अनलाइन डबली


