आज :

राप्रपाले गर्यो तीनवटा महत्वपूर्ण निर्णय

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीनवटा महत्वपूर्ण निर्णय गरेको छ ।

आइतबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले वर्तमान विषम परिस्थितिका बीच पनि मतदान गर्ने तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीलाई विजयी गराउने सम्पूर्ण मतदातालाई धन्यवाद दिने निर्णय गरेको छ ।

बैठकका निर्णयहरु सुनाउँदै लिङ्देनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीन वटा निर्णयहरु गरेको छ । यो विषम परिस्थितीमा पनि राप्रपालाई मतदान गर्ने र एक मात्र प्रत्यक्षतर्फ ज्ञानबहादुर शाहीलाई विजय गराउने सम्पूर्ण मतदाता धन्यवाद दिने निर्णय गरेको छ ।’

उनका अनुसार बैठकले मधेश प्रदेश सभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा समानुपातिक सूचीको प्राथमिकतामा रहेको दोस्रो नामलाई सिफारिस गर्ने निर्णय बैठकले गरेको छ । उक्त नाम प्रदेशसभा सदस्य नियुक्तिका लागि सिफारिस गरिने पनि अध्यक्ष लिङ्देनले बताए ।

यस्तै बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट चार जनाको नाम सिफारिस गर्ने निर्णय पनि गरेको छ । ती नामहरू निर्वाचन आयोगमा पठाएपछि मात्र सार्वजनिक गर्ने निर्णय भएको पनि उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal