काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
कार्की नेतृत्वको टोली प्रतिवेदनसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको हो । प्रतिवेदन बोकेको ठेलीसहित आयोगका अध्यक्ष कार्की प्रधानमन्त्री कार्यालय प्रवेश गरेका थिए । सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न आयोग गठन गरेको थियो । असोज ५ गते गठन भएको उक्त आयोगलाई प्रारम्भमा तीन महिनाको समयसीमा दिइएको थियो ।
आयोगले प्रतिवेदनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई मुख्य दोषी बनाइएको बताइएको छ । आयोग स्रोतसँग बुझ्न खोज्दा आफूहरुले अहिले भन्न नमिल्ने सरकारलाई बुझाईसकेकोले उतैबाट जानकारी माग्न सुझाव दियो । स्रोतका अनुसार ओलीलाई दोषी किटान गरेर आयोगले प्रतिवेदन बुझाएको छ ।


अनलाइन डबली




