काठमाडौँ । चितवनमा मतदान गरेर नेकपाका संयोजक प्रचण्ड निर्वाचन क्षेत्र पूर्वीरुकुम पुगेका छन् । हेलिकोप्टरमार्फत प्रचण्ड रुकुम पुगेका हुन् । प्रचण्डले चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा प्रचण्डले मतदान गरेका थिए ।
चितवनमा मतदान गरेपछि उनी हेलिकप्टरमार्फत रुकुमपूर्वको सिस्ने–५ कमलदह पुगेका हुन् ।
उता काठमाडौँ मतदान गरेर झापा उडेका रास्वपा नेता बालेन शाह काठमाडौँ नै फर्किएका छन् । बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि काठमाडौं नै फर्किएका हुन् ।
हेली एभरेस्टको नाइन एन एओबीबाट बालेन दलबलसहित झापा प्रस्थान गरेका थिए ।
खराब मौसमको कारण हेलिकप्टर झापा ल्यान्ड हुन नसकेको बताइएपनि सुरक्षाका कारण बालेन झापा ओर्लिन नसकेको बताइएको छ ।


अनलाइन डबली



