आज :

मतदान गरेपछि प्रचण्डले भने– सहज वातावरणमा निर्वाचन हुनु लोकतन्त्रको जित

  • अनलाइन डबली

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले मुलुकमा सहज वातावरणमा निर्वाचन हुनु नै लोकतन्त्रको जित भएको बताएका छन् ।

बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका–१४, शान्तिपुरस्थित नेपाल प्रहरी स्कुलको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेका हुन ।

संयोजक दाहालले सुरुदेखि नै आफ्नो नेतृत्वको पार्टीले निर्वाचनको विकल्प नभएको अडान राख्दै आएको स्मरण गराए । यो निर्वाचनलाई उनले ‘सामान्य’ मात्र नभई ‘असामान्य’ र ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन् ।

निर्वाचन सफलतापूर्वक सम्पन्न हुन लागेकोमा आफू निकै उत्साहित र खुसी रहेको उनले बताए । लोकतान्त्रिक अभ्यासलाई सफल पार्नु सबै राजनीतिक दल र नागरिकको साझा जिम्मेवारी भएकोमा उनको जोड थियो ।

संयोजक दाहालले सम्पूर्ण मतदाताहरूलाई ढुक्क भएर र उत्साहका साथ मतदान प्रक्रियामा सहभागी भई आफ्नो भविष्यको फैसला गर्न आग्रह समेत गरेका छन् ।

यसअघि, उनले मुलुकमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने आँकलन गर्दै आए तापनि निर्वाचनले राजनीतिक स्थिरताका लागि बाटो खोल्ने विश्वास व्यक्त

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal