आज :

नेकपा मालेमाको निर्णयः यो चुनाव व्यक्तिको सम्पत्ति आर्जन गर्ने साधन, एमसीसीविरुद्ध आन्दोलन गर्ने

  • अनलाइन डबली

काठमाडौँ । नेपकपा (मालेमा) ले चुनावलाई सिमित व्यक्तिको सम्पत्ति आर्जन गर्ने साधान बनाइएको भन्दै विरोध जनाएको छ । हाजै चितवमा सम्पन्न राष्ट्रिय भेलाले अहिलेको चुनावमा पैसाको खोलो बगाएर पद किन्ने बजारमा रुपान्तरित भएको भन्दै निर्वाचन प्रणालीको विरोध गरेको छ ।
पार्टी प्रवक्ता प्रकाशले विज्ञप्ति जारी गरेर चुनाव राज्यको ढुकुटी दोहन गर्ने माध्यम बन्छ भने त्यो लोकतन्त्र होइन लुटतन्त्र भएको बताएका छन् । ‘जनताको नाम, जनताको मत र जनताकै अधिकारलाई सिमित व्यक्तिको सम्पत्ति आर्जन गर्ने साधन बनाउने चुनावी प्रणालीको हामी कडा शब्दमा भत्र्सना गर्दछौं । लोकतन्त्रको मर्म जनजीवन उकास्नु सामाजिक न्याय सुनिश्चित गर्नु र समान अबसर निर्माण गर्नु हो । यदि चुनाव पैसाको खोलो बगाएर पद किन्ने बजारमा रुपान्तरित हुन्छ र राज्यको ढुकुटी दोहन गर्ने माध्यम बन्छ भने त्यो लोकतन्त्र होइन लुटतन्त्र हो’ विज्ञप्तिमा भनिएको छ ।

चुनावमा सहभागी नभएको मालेमाले चुनाव व्यक्तिलाई धनी बनाउने परियोजना नभएर जनताको भविश्य निर्माण गर्ने राजनीतिक प्रक्रिया भएका तर उम्मेदवारको लक्ष्य नीति निर्माणभन्दा व्यक्तिगत सम्पत्ति विस्तार हुने गरेको विज्ञप्तिमा उल्लेख छ । उनले यस्तो निर्वाचन प्रणालीले भ्रष्टाचार संस्थागत, बेरोजगारी बढ्ने, शिक्षा स्वास्थ्य जस्ता आधारभूत क्षेत्र उपेक्षित र राष्ट्र विकासको मार्गबाट विचलित हुने बताउँदै सत्ताधारीले सुनेन् भने जनताको पक्षबाट सडकबाट अवाज उठ्ने चेतवानी समेत दिएका छन् ।

त्यसैगरी एमसीसी सम्झौता र आईपीएस नेपालको दीर्घकालिन हित र असंलग्न परराष्ट्र नीतिसँग असंगत रहेको ठहर भेलाले गरेको छ ।

‘विकासको नाममा लादिएको एमसीसी सम्झौता र सामारिक अवधारणासँग जोडिएको आईपीएस नेपाल राष्ट्रको दीर्घकालिन हित र असंलग्न परराष्ट्र नीतिसँग असंगत रहेको हाम्रो ठहर छ । राष्ट्रिय स्वाधिनता कुनै हालतमा सौदाबाजीको विषय बन्न सक्दैन । आर्थिक सहयोगका नाममा नीतिगत स्वातन्त्रता, कानुनी अधिकारक्षेत्र र राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने कुनै पनि सम्झौता स्वीकार्य हुन सक्दैन’ विज्ञप्तिमा भनिएको छ ।

विकास र पूर्वाधार निर्माण आवश्यकता भएपनि त्यो आत्मनिर्भर, पारदर्शी र राष्ट्रिय हितअनुकुल हुनुपर्ने बताइएको छ । उसले एमसीसी कार्यान्वयनसँग सम्बन्धित कानुनी, नीतिगत र कार्यान्वयन गर्ने प्रश्नहरु स्पष्टरुपमा समाधान नगरी अघि बढ्नु तथा व्याख्यात्मक टिप्पणीको आडमा जनतालाई भ्रममा राखि निर्णय थोपर्नु लोकतान्त्रिक मूल्यमान्यता विपरित कदम भएको समेत ठोकुवा गरेको छ ।

विज्ञप्तिमा एमसीसी कार्यान्वयन तत्काल स्थगन गरी आईपीएससँग भएका सबै औपचारिक अनौपचारिक सहमति सार्वजनिक गर्न र राष्ट्रिय हितविपरिति निर्णयहरु फिर्ता लिन पार्टीले माग गरेको गर्दै राष्ट्रघाती कदमविरुद्ध देशव्यापी प्रतिरोध र चरणवद्ध शसक्त आन्दोलन अपरिहार्य हुने विज्ञप्तिमा बताइएको छ ।

आफ्नो पार्टी सम्झौता नभएर स्वाभिमान चाहेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘हामी सम्झौता होइन स्वाभिमान चाहन्छौं, दबाब होइन आत्मनिर्णयको अधिकार चाहन्छौं । हामी न झुक्नेछौं न बिक्नेछौं ।’

यस्तो छ विज्ञप्तिः

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal