आज :

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति क्रान्तिकारी अध्यक्ष शाहको कडा आपत्ति

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जनताको रगत चुस्ने दलाल संसदीय चुनावमा सहभागी नहुने भन्दै बहिष्कार गर्ने दलहरुलाई स्तरहीन अभिव्यक्ति दिएकोप्रति कडा आपत्ति जनाएका छन् । सोमबार उनले एक प्रेस नोट मार्फत प्रम कार्कीलाई कानुन पनिसमेत स्मरण गराएका छन् ।

यस्तो छ अध्यक्ष शाहको प्रतिक्रियाः
“तपाईंले चुनावमा सहभागी नहुने र बहिष्कार गर्ने दललाई नानाथरी तथा तथाकथित आरोप लगाउनु आफ्नो हैसियत बिर्सिने कुरा हो । सर्वोच्च अदालतले नै “नो भोट” को अधिकार सुनिश्चित गर्न आदेश दिएको कुरा कार्यान्वयन गरेर जनतालाई चुनाव बहिष्कारको वैधानिक बाटो किन बन्द गरिएको ? सर्वोच्चको प्रधान न्यायाधीश भएको होइन र, कि बिर्सिनुभयो ? निर्वाचनमा सहभागी बन्ने वा बहिष्कार गर्ने स्वयं जनताको अधिकारको कुरा तपाइँले बोलेकोकुरा पनि मानव अधिकार र वैयक्तिक स्वतन्त्रताका बर्खिलापमा छ । अहिले बोलेकै भरर्मा गिरफ्तार गर्ने , झुठो मुद्दा लगाउने र थुन्ने कुन कानुनले दिएको छ ?

अरूलाई आरोप लगाउँदा तपाईंलाई पनि आरोप लगाउन मिल्छ कि? देश जलाउने आन्दोलनको नेतृत्वकर्ता (आन्दोलनको दिन बिहानै बानेश्वरमा गएर आन्दोलन भड्काउन भूमिका खेल्ने) तपाईं पनि होइन र? प्रधानमन्त्री बन्ने हल्ला चल्दा भारतीय मिडियाको एउटा अन्तर्वार्तामा तल्लो स्तरबाट भिख मागेजस्तो शैलीमा मोदीजीलाई १० औँला जोडेर नमस्कार टक्र्याएर सुनाइदिनु भन्ने तपाईं नै होइन र? मन्त्रिमण्डल चयन गर्दा कस्ता पात्र र कुन संस्थासँग जोडिएका मान्छे बनाउनुभयो? देशको स्वाधीनतामा खेलबाड गर्ने विदेशीको कठपुतली सरकारको नेतृत्वकर्ता तपाईं होइन र?

यही दलाल संसदीय व्यवस्था भित्रकै संविधान र कानुनको कुरा गर्ने हो भनेपनि एमाले, कांग्रेस र तत्कालीन संसदीय माओवादीभन्दा बढी कुशासनलाई बढावा दिने अवैधानिक सरकारको प्रधानमन्त्री होइन र तपाईं ? प्रधानमन्त्री भएपछि सिंहदरबार र अदालत जलाउने नेपाली नागरिक हुन सक्दैन भन्ने, अनि अस्पतालमा घाइते भेट्न जाँदा “यस्तो हट्टकट्टा मान्छे बाङ्ग्रा फुस्किने गरी दिनुपर्छ” (प्रहरीलाई हान्नुपर्छ भनेको) भन्ने तपाईं होइन र? प्रमाण दिनुपर्छ हामीले? अहिले सिंहदरबारदेखि प्रहरी चौकी जलाउन उक्साउनेहरू कति जना उम्मेदवार बनेका छन्—केही हिसाब छ तपाईंसँग? अनि बोल्न पाए भनेर चुनावमा सहभागी नहुने वा बहिष्कार गर्ने दललाई मान्छे नभएका, अस्तित्वमा नभएका भन्नु तपाईंको अज्ञानताको विषय हो। हिजो राजा–राणाहरुका विरुद्ध लडिरहदा पनि सामन्ती शासकले यहि भाषा बोल्थे ठ्याक्कै त्यहि फोटोकपी आईरहेको छ तपाईंको पनि । सामन्ती चरित्र नै झल्काउनै पर्ने के बाध्यता आईलाग्यो तपाईलाई ?

चुनाव लड्न छुट्टै राजनीतिक दल चाहिँदैन, किनकि यो दलाल, भ्रष्ट, गुण्डा, कमिशनखोर, जातीय तथा लैङ्गिक उत्पीडक र सहकारी ठगहरूको व्यवस्थामा कम्युनिस्ट खोलभित्रै पनि चुनाव लड्न पर्दा दुई ठुला संसदिय कम्युनिस्ट पार्टीहरु यो व्यवस्थामा छ्न । चुनाव लडेर हामीसङ्गै काम गरेका हाम्रा थुप्रै साथीहरू वडा अध्यक्षदेखि मन्त्रीसम्म बनिसकेका छन्। राजनीति अस्तित्वका लागि छुट्टै दल खोलेर चुनाव बहिष्कार गर्नुपर्दैन। हाम्रो असहमति यो लुटेरा र भ्रष्ट व्यवस्थासँग छ। त्यही भएर यो भ्रष्ट व्यवस्थाका विरुद्ध टाउकोमा कफन बाधेर लडिरहेका छौ । रहरले होइन नत्र तपाईंको छोराछोरी, आफन्त कुनदेशमा रमाईरहेका छ्न हामीपनी सजिलै युरोप , अमेरिका गएर रमाउन सक्छौं । देश बदल्ने सपना बाहेक हामीसङ्ग अरुकुनै तपाईंजस्तै पदमा पुग्न विदेशी मालिकलाई ढोग्ने रहर र सपना छैन ।

लाल सलाम !
दलाल संसदिय निर्वाचन सशक्त बहिष्कार गरौं !!
लेख ः अखिल(क्रान्तिकारी) केन्द्रिय अध्यक्ष बिरेन्द्र शाह नेकपा (बहुमत) निकट”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal