आज :

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिराज भक्त श्रेष्ठले बढाए चुनावी सक्रियता

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिराज भक्त श्रेष्ठ प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–८ मा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।

चुनाव प्रचार अभ्यान अन्तर्गत विराजले आज मंगलबार नागरजुन नगरपालिका – ५  क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् । मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्नो फरक चुनावी एजेण्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव समेत संकलन गरिरहेका छन् ।
सोमबार काठमाडौँको भित्र शहरको केन्द्र हनुमाढोका दरवार क्षेत्र , असन , इन्द्रचोक आदि क्षेत्रमा घरदैलो कार्येक्रम गरेका थिए।

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाएका छन् । रास्व्पा सहित विभिन्न दलका उम्मेदवारहरूले यही महिनाको ४ गतेदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

घरदैलो अभियानमार्फत उम्मेदवारहरू मतदाताको घर घरमा पुगेर समर्थन माग्ने, विकास योजनाबारे जानकारी दिने र स्थानीय आवश्यकता बुझ्ने कार्यमा सक्रिय देखिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal