
विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं मोरङ क्षेत्र नम्बर ६ का कांग्रेसका उमेदवार डा.शेखर कोइरालाले गएको २०७९ को चुनावमा आफुले पूर्वाञ्चल विश्व विद्यालयमा मेडिकल कलेज संञ्चालन गर्ने प्रतिवद्धता जनाए अनुरुप ५० विद्यार्थी भर्ना भएकोमा खुसी व्यक्त गरे ।
मोरङको क्षेत्र न ६ को सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २ को मृगौलियामा आयोजित चुनावी सभालाइ संम्बोधन गर्दै वरिष्ठ नेता कोइरालाले भने,‘विगतको तुलनामा सुन्दरहरैंचाको स्वरुप परिर्वतन भएको छ ।’
उम्मेद्वार कोइरालाले विद्यार्थी संख्या बढ्दै गएपछी वडा न २ को पनि विकास हुने विश्वास व्यक्त गरे । कोइरालाले नदी नियन्त्रण, बृन्दाबन गौशाला तटबन्धन, तेलीया खोला तटबन्ध, गछिया खोला तटबन्ध, सडक, भवन, मठ–मन्दिर, धार्मिक स्थल, शैक्षीक संस्था ,मृगौलिया खानेपानी आयोजना बिस्तारलगायतका क्षेत्रमा उल्लेखनिय रुपमा विकासको काम भएको उल्लेख गर्दै विगतको तुलनामा स्वरुप परिर्वतन भएको उल्लेख गरे ।
अर्को प्रशंगमा उमेदवार कोइरालाले मृगौलियाका किसानका लागि सिंचाइको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । उनले भने,‘एउटा डिप ट्युवेल रैछ भाँचिएछ निर्वाचन लगत्तै नयाँ ड्युप टुयुवेल जडान हुन्छ।’
कोइरालाले सुन्दरहरैंचालाई विकास गरेर अझै सुन्दर बनाउने इच्छा भएकाले सुन्दरहरैंचाको जिम्मा दिन स्थानीयलाई आग्रह गरे । उनले भने,‘सुन्दरहरैंचालाई अझै सुन्दर बनाउने जिम्मा मलाइ छाडिदिनुस।’


अनलाइन डबली



