काठमाडौं । डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले गोरखा–२ मा चुनावी मैदानमा उत्रिएका थिए ।
आफूले चुनावी मैदानमा नरहेको घोषणा घोषणा गरेका भट्टराईले अन्तिममा प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए । भट्टराईलाई उम्मेदवारी फिर्ता लिन रास्वपा र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।
शुक्रबार दिउँसो भट्टराईले सामाजिक संजालमार्फत समर्थक शुभचिन्तकलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।
डा. भट्टराईको मतको जग पनि माओवादी मतदाता नै थिए । मत भट्टराई र न्यौपानेलाई बाँडिदा रास्वपाका उम्मेदवारीलाई सहज हुने अवस्था थियो ।
अब भट्टराईले उम्मेदवारी फिर्ता लिएसँगै न्यौपानेलाई जितको लागि लागि सहज हुने देखिएको छ । सो क्षेत्रमा माओवादीको प्रभाव क्षेत्रको रुपमा रहँदै आएको छ ।
उम्मेदवारी फिर्ता लिँदै भट्टराईले गोरखा २ का जनता, नयाँ पुराना सबै राजनीतिक दलहरुको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिएको बताए । उनले अब संसद् बाहिर रहेर पनि जनताको आकांक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अब नेकपाका न्यौपाने, नेकपा एमालेबाट चक्रे मिलन, नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी र रास्वपाबाट महामन्त्री कवीन्द्र बुर्लाकोटीबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।


अनलाइन डबली



