काठमाडौँ । रुकुमपश्चिमबाट जनार्दशन शर्मा ‘प्रभाकर’ ले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको लागि प्रभाकरले जिल्ला निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
तत्कालिन नेकपा माओवादी केन्द्रबाट लगातार चुनाव जित्दै आएको प्रभाकरले यसपटक भने प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन् । माओवादीमा उनको प्रतिस्पर्धी कोही थिएनन् भने यसपटक आफ्नै कार्यकर्तासँग प्रतिस्पर्धा हुने भएको छ ।
समर्थकहरुले रुकुमेली जनतालाई लगाएको गुन नभुल्ने बताएका छन् ।


अनलाइन डबली


