काठमाडौं । पटकपटक आफू राजनीतिमा नआउने बताउँदै आएका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई पनि राजनीति लागेको छ ।
दलका नेता कार्यकर्ताप्रति निखो आलोचना गर्दै आएका पुनले आफूलाई उठाएर कुर्सीमा राखेको बताउँदै आएका थिए ।
मन्त्रीको कुर्सीमा बसेको छोटै समयमा पुनलाई पनि राजनीति लागेको छ । पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवार बन्न म्याग्दी पुगिपछि पुनले मन्त्रीबाट राजिनामा दिएका हुन् । उतैबाट प्रधानमन्त्रीसमक्ष राजिनामा बुझाएका पुनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता समेत गराइसकेका छन् ।
पुनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपनि उनलाई रास्वपाले सहयोग गर्ने बताइएको छ । स्वतन्त्र छबि भएको कारण पुनले स्वतन्त्रबाटै उम्मेदवारी दिने र आफ्नो पार्टीले समर्थनसहित जिताउन लाग्ने रास्वपाका एक नेताले बताए ।


अनलाइन डबली


