काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसविरुद्ध शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ । निर्वाचन आयोगले थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता पाएपछि देउवा समूह अदालत पुगेको हो ।
देउवा समूहका कावा सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । रिटमा विशेष महाधिवेशन पक्षधरले विधि विधान विपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले उक्त महाधिवेशन अवैधानिक करार गर्न माग गरिएको छ ।
रिट दर्ता भएपछि कहिले पेशी तोकिने हो भन्ने हेर्न बाँकी छ ।


अनलाइन डबली


