आज :

काँग्रेस विवादः देउवा समूहले आयोगमा बुझायो ८८५ प्रतिनिधिको हस्ताक्षर, गगन समूह तनावमा

  • अनलाइन डबली

काठमाडौँ । नेपाली कांग्रेसको विवाद निर्वाचन आयोगमा पुगेको छ । गगन थापा र विश्वप्रकाश शर्मा समूहले गरेको विषय महाधिवेशन विधानसममत नभएको भन्दै सभापति शेरबहादुर देउवा समूहले प्रतिनिधिको हस्ताक्षर बुझाएको हो ।

शुक्रबार विहान देउवा समूहले ८८५ जना विशेष महाधिवेशनमा सहभागी नभएको हस्ताक्षर बुझाएको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा गएको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्ताका निवेदनसहितको प्रमाण बुझाएको छ ।

कार्यवाहक सभापति खड्काका अनुसार देउवा समूहले आयोगमा विशेष महाधिवेशनको प्रमाण नपुग्ने आधार पेश गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नगर्ने बताएको सहभागी नेताहरुले बताएका छन् । भण्डारीले संविधान, ऐन, राजनीतिक दलसम्बन्धी नियमावली र कांग्रेसको विधान तथा नियमावलीका आधारमा मात्रै आफूहरू निर्णयमा पुग्ने बताए ।

देउवा समूहले ८८५ प्रतिनिधिको हस्ताक्षर नै आयोगमा बुझाएपछि गगन–विश्व समूह तनावमा परेको बताइएको छ । हिजो अस्ती मात्रै थापा समूह आयोगमा पुगेर विशेष महाधिवेशनबाट नेतृत्व चयन गरेको भन्दै विवरण अद्यवधि गराउन आयोगलाई अनुरोध गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal