आज :

अन्ततः दुई भाईले काँग्रेस फुटाएरै छोडे, गगन –विश्वप्रकाश र मन्सुरलाई ५ बर्षको लागि निष्काशन

  • अनलाइन डबली

काठमाडौं । अन्ततः नेपाली कांग्रेस विभाजन भएको छ । बुधबार दिउँसो संस्थापन पक्षको केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर सहितलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेसँगै काँग्रेस औपचारिक रुपमा विभाजन भएको हो ।

सभापति देउवाले उम्मेदवारको टिकटमा हस्ताक्षर गर्नबाट पछि हट्दा पनि थापा र शर्मा विशेष महाधिवेशनबाटै नयाँ नेतृत्व चयन गर्नबाट पछि नहटेपछि संस्थापनले कठोर निर्णय गरेको हो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकको निर्णयमा नेपाली काँग्रेसका विधानविरुद्ध पदाधिकारी, महामन्त्री, सहमहामन्त्री र सदस्यहरुले अनुशासन उलंघन गरेको पुष्टि भएकोले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरिएको उल्लेख छ ।

यस्तो छ निर्णयः

नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ३४ को उपधारा १ को देहयको खण्ड क ख ग र घ को विरुद्ध नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरू, महामन्त्रीहरू, सहमहान्त्रीहरू र सदस्यहरूले अनुशासन उल्लंघन गरेको विभिन्न माध्यमबाट केन्द्रीय कार्यसमितिलाई जानकारी हुन आएको र त्यससम्बन्धमा मिति २०८२।९।२९ र आज ३० गते सम्मका विभिन्न मिडियामा प्रकाशित र प्रशारित सञ्चारबाट पनि पुष्टि भएको । मिति २०८२।९ ।२९ गते नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ भनी पारित गरेको भन्ने, महामन्त्रीद्वयको प्रतिवेदन समेत पेस गरी छलफल भइ पारित गरेको भन्ने, निर्वाचन समिति गठन गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको भन्ने र आज मिति २०८२।९।३० गते महामन्त्रीमा रहेका पदाधिकारीले पार्टीको सभापतिमा र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले विभिन्न पदमा उमेदवारी भइ दरखास्त समेत दिएको भनी विभिन्न सञ्चारमाध्यमबाट पुष्टि हुन आएको पाइन्छ ।

साथै केन्द्रीय कार्यसमितिको मिति २०८२।८।१५ र कार्यसम्पादन समितिको मिति २०८२।९।१८ को निर्णयसमेत उल्लंघन गरी मिति २०८२।९।१७ गते महामन्त्रीद्वयको हस्ताक्षरबाट नियमित महाधिवेशन स्थगन, विकल्प विशेष महाधिवेशन भन्ने सूचना तथा निजहरूले दिएको प्रेस विज्ञप्तिबाट पनि पुष्टि भएको छ । अतः नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित धारा ३४ ९१० को खण्ड ‘क’ पार्टीको आदर्श सिद्धान्त र नीतिविपरीत कुनै पनि कार्य गरेमा ऐऐ को देहाय खण्ड ख पार्टीको विधान नियमावलीविपरीत कार्य गरेमा ऐ देहाय खण्ड ग, पार्टीको आचारसंहिता उल्लंघन गरेमा ऐ देहाय खण्ड ङ पार्टीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानी नोक्सानी पुर्‍याएमा भन्ने समेतको कार्यहरूको ठाडो उल्लंघन गरेको हुँदा नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ३४ को उपधारा १ को देहाय खण्ड क ख ग ङ विरुद्धका कार्य गर्ने त्यस्ता पदाधिकारी र सदस्यलाई अपर्झट अनुशासनको कारबाही गर्नुपरेको समेतका कारणले नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित धारा ५० ९५० उल्लेख भएबमोजिमका व्यवस्था समेतका आधारमा नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित धारा २२ को उपधारा २० तथा धारा ३४ को उपधारा ८ को देहाय खण्ड घ ङ बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी आजका मितिबाट लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal