आज :

बाजुरामा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन

  • अनलाइन डबली

बाजुरा ।  बाजुरामा नेपालीहरुको महान चाड विजयादशमी तथा शुभ दिपावली जस्ता चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन गरिएको छ ।

बाजुराको बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा सञ्चालित दैनिक उपभोग्य सामाग्री पसलहरुको अनुगमन गरेको हो ।

चाडपर्वमा दैनिक उपभोग्य सामाग्रीहरुको कसरी बिक्री वितरण भईरहेको भन्ने बिषयमा बजार अनुगमन गरिएको बडिमालिका नगरपालिकाकि उप–प्रमुख तथा अनुगमन संयोजक नन्दा थापाले जनाएकी छन् ।

उनका अनुसार पसलहरु नगरपालिकाको मापदण्ड अनुसार सञ्चालन भएका छन् कि छैनन्,भन्ने जाँचबुझ गर्न  दैनिक उपभोग्य सामाग्री बिक्रीवितरण भईरहेका पसलहरुको अनुगमन गरिएको हो ।

बजार अनुगमनका क्रममा पसलहरु दर्ता भए नभएको, दर्ता भए हाल सम्म कर तिरेको वा नतिरेको र दैनिक उपभोग्य बस्तुहरुको मितिलगायत मापदण्ड बनाएर बजार अनुगमन गरिएको उप–प्रमुख थापाले बताएकी छन्।

नगरपालिकाले पटक पटक अनुगमन गरेको भए पनी केही व्यापारीहरुले अटेर गर्ने गरेकोले यसपछि पनी त्यस्तो गरेमा उपभोक्ता हक ऐन अन्तरगत कारवाही गरिने बडीमालिका नगरपालिकाले जनाएको छ । साथै चाडपर्वमा मनोमानी मूल्य बृद्धि, कालोबजारीलगायतका कार्य गर्ने गरिएको जनगुनासो पछि बजार अनुगमन गरि अबदेखि यस्ता कार्य नगर्न आग्रह गरिएको छ । अनुगमनका क्रममा अखाद्य बस्तुहरु समेत नष्ट गरिएको छ ।

मार्तडी बजारमा कतिपय पसलहरु विना दर्ता सञ्चालनमा रहेका छन् भने पसल व्यवसायीहरुले मनोमानी मूल्य लिने गरेका छन्। यता नगरपालिकाले नगरपालिकाको नीति अनुसार यस क्षेत्रमा रहेका व्यापार व्यवसाय संघ संस्थाहरुलाई अनिवार्य नगरपालिकामा दर्ता तथा नविकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।

 

अनुगमनमा नगरपालिकाकी उप–प्रमुख तथा अनुगमन संयोजक नन्दा थापा, प्रशासन कार्यालय बाजुराका प्रतिनिधी, घरेलु तथा साना उद्योग विकास समितिका प्रतिनिधीलगायत जिल्ला स्थित विभिन्न संचारमाध्यायममा कार्यरत पत्रकारहरुको सहभािगता रहेको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal