
जनकपुर । मधेश प्रदेशमै प्रख्यात रहेको जनकपुरधामस्थित राजदेवी मन्दिरमा हुने विभिन्न कार्यक्रमहरुको तालिका सार्वजनिक गरिएको छ ।
शुक्रबार (आज) आयोजक महावीर युवा कमिटिले सञ्चारकर्मीहरु समक्ष मन्दिरमा हुने विजयादशमीलगायतका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
कमिटिका अध्यक्ष दीपक कुमार साह ‘मिन्टु’का अनुसार शनिबार (भोली) बिहान ८ बजे शुभकामना ¥याली निकालिने कार्यक्रम तय भएको छ ।
त्यस्तै आइतबार दिउँसो ४ बजे जिल्ला समन्वय समितिमा बेलनौती कार्यक्रम हुने र सोमबार सोही स्थानमा बेलतोड़ी कार्यक्रमको आयोजना गरिने उनले जानकारी दिएका छन् ।
त्यस्तै, सोमबार साँझ ६ बजे राजदेवी मन्दिरको प्राङ्गणमा भव्य श्रृंगार कार्यक्रम हुनेछ भने मंगलबार बिहानदेखि प्रसाद चढाउने कार्य सुरु हुनेछ । त्यही दिन साँझ ७ बजेबाट बोका बली प्रदान गर्ने कार्यक्रम रहेको अध्यक्ष मिन्टुले बताए ।
कार्यक्रमअनुसार विहीबार दिउँसो १ बजे नगर परिक्रमा गर्दै भगवान श्रीरामको विजय ¥याली निकालिने छ । सोही दिन साँझ ७ बजे रावण वध कार्यक्रम हुनेछ भने राति ८ बजे झाँकी प्रदर्शन तथा महाप्रसादको व्यवस्था गरिएको छ ।