आज :

जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सामूहिक शवयात्रा निकालियो

  • अनलाइन डबली

काठमाडौं । भदौ २३–२४ गते भएको भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनका क्रममा मारिएकाहरूको आज सामूहिक शवयात्रा निकालिएको छ ।
महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालबाट शवयात्रा निकालिएको हो । उनीहरुको बलिदानको सम्मान गर्दै पशुपति आर्याघाटतर्फ शव यात्रा गरि अन्त्येष्टिका लागि लगिएको हो ।
शवलाई टिचिङ अस्पतालबाट चक्रपथ एक परिक्रमा गराइने तयारी छ । साथै, काठमाडौं बाहिरको शवको लागि आर्मीको हेलिकप्टरमार्फत गाउँसम्म पुर्याउने व्यवस्था मिलाइएको छ ।
आन्दोलनका क्रममा घाइते भई टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १० जनाको शव यात्रा निकालिएको हो । १० शवमध्ये ६ वटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र बाँकी चार जनालाई पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सामूहिक अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal