आज :

रामेश्वर खनाल अर्थमन्त्री बनेपछि शेयर बजार चाँडै खुल्ने सम्भावना

  • अनलाइन डबली

काठमाडौं । अर्थतन्त्र र पूँजीबजारबारे गहिरो ज्ञान भएका पुर्वअर्थसचिव डा. रामेश्वर खनाल अन्तरिम सरकारको अर्थमन्त्री बनेसँगै लगानीकर्ताको मनोबल उल्लेख्य रूपमा बढेको देखिएको छ ।
उनी नियुक्त भएपछि निजी क्षेत्र उकास्ने प्रतिबद्धता, सरकारी खर्च नियन्त्रणको निर्देशन तथा लगानीमैत्री दृष्टिकोणले शेयर बजारमा सकारात्मक वातावरण सिर्जना भएको प्रारम्भिक विश्लेषण गरिएको छ ।
यसै कारण लगानीकर्ताको चर्को दबाबसँगै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका अधिकारीहरूले असोज ५ गतेअघि नै बजार खोल्ने सम्भावनाबारे छलफल थालेका छन् ।
धितोपत्र बोर्डले आज सञ्चालक समिति बैठक बोलाई बजार खोल्ने मिति, समयावधि, सर्किट ब्रेकरको व्यवस्था जस्ता विषयमा निर्णय गर्ने बताइएको छ ।
राजनीतिक वातावरण स्थिर हुँदै गएको र लगानीकर्ताको मनोबल उकासिएको कारण बजार सुरुवाती दिन २ घण्टा मात्र वा पूरा समय नै खोल्ने विषय पनि छलफलमा रहेको छ । असोज १ गते सार्वजनिक विदा भएकाले असोज २ गते एकदिन मात्र बजार खोल्ने वा असोज ५ गतेदेखि नियमित गर्ने विषयमा अन्तिम निर्णय मंगलबार हुने जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal