आज :

निजी क्षेत्रतर्फ कर्जा प्रवाहमा मामुली गिरावट

  • अनलाइन डबली

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिना साउन सम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा मामुली रूपमा घटेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा २ अर्ब ९३ करोड (०.१ प्रतिशत) ले घटेर ५४९५ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत वर्षको सोही अवधिमा भने यस्तो कर्जा १४ अर्ब ११ करोड रुपैयाँ (०.३ प्रतिशत) ले वृद्धि भएको थियो ।
यद्यपि, वार्षिक विन्दुगत आधारमा हेर्दा २०८२ साउन मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा बैंक तथा वित्तिय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थातर्फ ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.३ प्रतिशत कर्जा प्रवाह भएको छ । गत वर्षको सोही अवधिमा यी अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेका थिए ।
कर्जाको धितो संरचनाको हिसाबले हेर्दा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणमा १४.८ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत कर्जा रहेको छ । गत वर्ष यिनको हिस्सा क्रमशः १३.३ प्रतिशत र ६६.३ प्रतिशत थियो ।
क्षेत्रगत हिसाबले हेर्दा पहिलो महिनामा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.८ प्रतिशत, निर्माण क्षेत्रमा ०.६ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ०.५ प्रतिशतले वृद्धि भएको छ । यद्यपि थोक तथा खुद्रा व्यापार क्षेत्रमा ०.५ प्रतिशत, सेवा उद्योग क्षेत्रमा १.५ प्रतिशत र उपभोग्य क्षेत्रमा ०.०४ प्रतिशतले कर्जा घटेको देखिन्छ ।
यस्तै, कर्जाको प्रकारगत संरचनामा आवधिक कर्जा ०.२ प्रतिशत, मार्जिन कर्जा २.७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १.१ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.३ प्रतिशतले बढेको छ । तर, हायर पर्चेज कर्जा ०.१ प्रतिशत, नगद प्रवाह कर्जा ०.९ प्रतिशत र अधिविकर्ष कर्जा ३.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal