आज :

जेन जी आन्दोलनसँग संलग्न भएको आरोपमा एकजनामाथि खुकुरी प्रहार

  • अनलाइन डबली

 

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० फरेष्टीगेट अगाडि सोमबार साँझ करिब ६ बजे खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार अन्दाजी ३४÷३५ वर्षका मकवानपुरगढी गाउँपालिका–५ निवासी प्रेम घिमिरेमाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका हुन् । घिमिरेको अवस्था मध्यम रहेको छ र थप उपचारका लागि भरतपुर रेफर गरिएको छ ।

स्थानीयहरूका अनुसार घिमिरे जेन जी आन्दोलनमा सक्रिय रहेको भन्दै विवाद भएको थियो भने केहीले खुकुरी प्रहार गर्ने व्यक्ति एमाले,कांग्रेस र माओवादीसँग जोडिएको दाबी गरेका छन् । तर प्रहरीले घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान पुष्टि गरेको छैन ।

प्रहरीले दोषीको पहिचान र पक्राउका लागि खोजी कार्य तीव्र पारेको जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal