आज :

मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, मुख्यमन्त्रीसहित मन्त्रीहरु फिर्ता

  • अनलाइन डबली

जनकपुर  । मधेश प्रदेश सरकारबाट जनमता पार्टी बाहिरिएको छ ।जनमतको मधेश प्रदेश संसदीय दलको नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयलाई समर्थन फिर्तासहित मुख्यमन्त्री तथा मन्त्रीहरु फिर्ता बोलाएको जानकारी गराएका छन् ।

जेनजी आन्दोलनका दिन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो फेसबुक पेज मार्फत मुख्यमन्त्री पदबाट राजिनामा दिएको घोषणा गरेका थिए । तर हिजो फेरि केही सञ्चारमाध्यममा मुख्यमन्त्री सिंहले परिस्थितीलाई मध्येनजर गर्दै माहोल शान्त बनाउन मात्र आफूले राजिनामा दिएको घोषणा गरेको भन्ने प्रतिक्रिया दिएको सामाचारहरु आएको थियो ।

मधेश प्रदेश प्रमुख कार्यालयका एक जना कर्मचारीका अनुसार मुख्यमन्त्री सतिश कुमार सिंहको कुनै राजिनामा सम्बन्धि पत्र प्रदेश प्रमुख कार्यालयमा आएको थिएन ।

संसदीय दलका नेता महेश यादवले हिजो प्रदेश प्रमुख कार्यालयलाई समर्थन फिर्ता लिएको सुचना दिएसंगै मधेश प्रदेश सरकार ढलेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal