आज :

काठमाडौं उपत्यकामा कर्फ्यू तथा निषेधाज्ञा हट्यो, सार्वजनिक यातायात चलेका नचल्दा सर्वसाधारण मर्कामा

  • अनलाइन डबली

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा लगाएको कर्फ्यू तथा निषेधाज्ञा हटाएको छ ।

शनिबार एक सूचना जारी गर्दै जिल्लामा लगाएको कफ्र्यू तथा निषेधाज्ञा हटाए पनि निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको जानकारी दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले गत २६ गतेको प्रमुख जिल्ला अधिकारी छवि रिजालको आदेश कायमै रहेको जानकारी दिए ।

‘यस जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणको आधारमा जिल्लामा लगाइएको कफ्र्यू तर, सुरक्षा तथा निषेधाज्ञा मिति २०८२/०५/२८ गते देखि हटाईएको छ,’ विज्ञप्तिका लेखिएको छ,‘ संवेदनशीलताको आधारमा मिति २०८२/०४/२६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ,’ सूचनामा उल्लेख गरिएको छ ।

कर्फ्यू र निषेधाज्ञा हटेपनि सार्वजनिक यातायातका साधन नचलेका कारण सर्वसाधारणको जीवन सहज बन्न सकेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal