
काठमाडौं उपत्यकामा दिउँसोको समय लाग्दै आएको कर्फ्यु हटेको छ। नेपाली सेनाले आज बेलुकी ७ देखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने जनाएको छ।
सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ देखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरिएको छ।
जेनजी प्रदर्शनको क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ।