आज :

जेन जीको प्रदर्शनः नयाँवानेश्वारमा फेरि गोली चल्यो, ३ जना घाइते, मृतकको संख्या १८ पुग्यो

  • अनलाइन डबली

काठमाडौँ । जेनजीको पदर्शन जारी छ । सरकारले काठमाडौँका विभिन्न स्थानमा कफ्र्यू लगाएपनि युवाहरुले प्रदर्शन जारी राखेका हुन् ।

सरकारले कफ्र्यू जारी गरेपनि पदर्शनकारीले काठमाडौँको नयाँ वानेश्वारमा फेरि प्रदर्शन सुरु गरेका छन् । प्रदर्शनकारी भेला भएपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर थप ३ जना घाइते भएका छन् ।

यसैबीच काठमाडौँको न्यूरोडमा पनि विद्यार्थीहरुको प्रदर्शनमाथि प्रहरीले गोली चलाएको हाम्रा संवाददाता बुद्धशरण शाहीले जानकारी दिए ।
प्रहरीको गाली लागेर मृत्यु हुनेको संख्या १८ पुगेको छ । यो समाचार तयार पार्दासम्म करिब ३ सय जना घाइते भएको जानकारी प्राप्त भएको छ ।

ओली सरकारले गरेको सामजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक प्रदर्शनमा उत्रिएका छन् ।

उपचारको क्रममा ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना, केमएसीमा २ जना र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । त्यस्तै, सुनसरीको इटरहरीमा गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal