
काठमाडौं । जेनजीको प्रदर्शनमा सरकार चर्को दमन गरेको छ । प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको छ ।
सरकारले सामाजिक संजालमाथि लगाएको प्रतिबन्धको विरोध युवाहरु स्वातःस्फूर्तरुपमा सडकमा निस्किएका थिए ।
माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँवानेश्वरस्थित संसद भवनभित्र घुसेपछि हिंसात्मक रुप लिएको थियो ।
प्रहरीको लागि लागेर यो समाचार तयार पर्दासम्म १४ जनाको मृत्यु भएको छ ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भइसकेको छ ।
घाइते सयौंको संख्यमा रहेको र धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।