
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रचण्डले जेनजी पुस्ताले उठाएका मागहरु सम्बोधन गर्न समेत आग्रह गरेका छन् ।
त्यसैगरी प्रचण्डले स्थिति थप बिग्रिन नदिन सरकारलाई जिम्मेवारीपूर्वक ठोस कदम उठाउन समेत आग्रह गरेका छन् ।
प्रचण्डले प्रदर्शनको क्रममा ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
‘आज जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछु। जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्। स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्’ प्रचण्डले भने ।