
काठमाडौँ । सरकारविरुद्ध जेनजी युवाहरुको प्रदर्शन जारी रहेको छ । युवाहरुले माइतिघर–बबरमहल क्षेत्रमा सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
युवाहरुले ‘हाम्रो क्रोध, तिम्रो अन्त्य, ‘हामीलाई सहायता दिने नेता चाहिएको छ, आफूलाई पोस्ने नेता होइन, ‘अति भयो झुट, अति भयो माफी, ‘रोजगारी छैन, न्याय छैन, भविष्य छैन’ जस्ता नारा प्लेकार्डमा लेखेका छन्।
यसैबीच संसद भवन अगाडि बाक्लो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् ।