आज :

कोशीका मन्त्री हाङ्गामले दिए प्रष्टिकरण

  • अनलाइन डबली

इटहरी ।  कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खनेनसिं हाङ्गामले आफूले सचिव डा.शरणकुमार पाण्डे चडेको गाडीको चाबी खोसेको सन्दर्भमा प्रष्टिकरण दिएका छन् ।

बुधबार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रष्टिकरण दिएका हुन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री हाङ्गामले भने, ‘उहाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारको सहसचिवको रूपमा सरुवा हुनुभयो । सहसचिवको रूपमा सरुवा भइसकेपछि, कोशी प्रदेशमा मुख्यमन्त्री कार्यालयमा रहँदा हाम्रो मन्त्रालय, उद्योग, कृषि, सहकारी मन्त्रालयको गाडी, चालक, क्वाटर सबै प्रयोग गर्दै आउनु भो, बाहिर बाहिर हिँड्नु भो, मसँग नभेटेको २० देखि २५ दिन भयो । मन्त्रालयमा उहाँ सचिव कामकाजको रूपमा अहिलेसम्म खटिएको छैन ।’

यस्तै, उनले भोली पत्रकार र सर्वसाधारणहरुले पूर्व सचिवले चढेको गाडी, चालक र क्वाटरहरु कस्तो अवस्थामा छ भनेर सोध्यो भने जवाफदेही हुनुपर्ने हिसाबले र आफ्नो मातहतमा रहेको कार्यालय र कर्मचारीमा सुशासन कायम गर्ने हिसाबले उक्त कार्य भएको बताए ।

उनले भने, ‘भोली पत्रकार र सर्वसाधारणहरुले तपाईंको पूर्व सचिवले चढेको गाडी, चालक र क्वाटरहरु कस्तो अवस्थामा छ भनेर सोध्यो भने भन्ने, हिसाबले मेरो मातहतमा रहेको कार्यालय र कर्मचारीमा सुशासन कायम गर्ने हिसाबले पनि मैले जवाफदेही हुनुपर्छ । हाम्रो जिन्सी शाखा शाखामा गाडीको चाबीहरू राख्ने गरिन्छ र त्यहाँ चालकलाई जिन्सी शाखा मार्फत बोलाएर, उहाँलाई चाबी त्यहाँ बुझाएर गाडी हाम्रो मन्त्रालयको परिसरभित्र राखिएको अवस्था हो र कर्मचारीलाई सुशासन कायम गर्नलाई सेवाको हिसाबले सधैँ चुस्त दुरुस्त सेवाको लागि हामीले जहिले निर्देशन दिने गरिन्थ्यो तर कर्मचारीसँग मेरो कुनै पनि किसिमको पूर्वाग्राही ढङ्ग राख्ने र त्यसमा विशुद्धताका साथ हेर्ने चलन छैन ।’

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal