आज :

सडक किनारका अतिक्रमित सामग्री नगरपालिकाले हटायो

  • अनलाइन डबली

रौतहट । रौतहटको चन्द्रनिगाहपुर मुख्य बजारमा सडक किनारमा घुम्ती, ठेला वा फुटपाथमा राखिएको पसल वा अतिक्रमण गरेर राखेको सामग्रीलाई चन्द्रपुर नगरपालिकाले हटाएको छ ।

चन्द्रपुर नगरपालिकाको मुख्य चोकको सडक खण्डको कालोपत्रे सडकमा नै टाँसेर राखेको घुम्ती, ठेला वा फुटपाथका सामन मंगलवार नगरपालिकाको अग्रसरतामा हटाइएको हो ।

पालिकाले बारम्बार सूचना जारीगरी सडक र फुटपाथ खाली गर्न आग्रह गरेपनि कार्यान्वयन नभएपछि नगर प्रमुख सञ्जयकुमार काफ्लेसहितको टोलीले अतिक्रमण हटाउने कार्य सुरु गरिएको वडाअध्यक्ष रवि रानामगरले बताए ।

उनका अनुसार बजार क्षेत्र तथा बस बिसौनीको सडकमा फलफुल पसल हुँदा बस, इ–रिक्सा तथा म्याजिक लगायतका सवारी आवतजावतमा कठिनाई भएको हो ।

यस अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि मुनलाइट एकेडेमीसम्म, साथै गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत मुख्य चोकदेखि बजारसम्म अतिक्रमण हटाइने उनले जानकारी दिए ।

सडक अतिक्रमण गरेर फुटपाथ व्यापार÷ व्यवासायका कारण सटरका व्यपारी मर्कामा परेका हुन । उद्योग वाणिज्य संघ चन्द्रपुरले फुटपाथमा पसल तथा व्यवसाय बन्द गर्नुपर्ने अडान राख्दै आएको छ ।

हाट बजार लागेको दिन वा अन्य दिन फुटपाथमा नै व्यापार व्यवसाय हुने गरेको यहाँका स्थानीयहरु बताउँछन् । सडकमा व्यापार गर्ने ब्यापारीहरुलाई सुरक्षित स्थानमा व्यापार गर्ने वातावरण नगरपालिकाले  मिलाउनुपर्ने फुटपाथ व्यवसायीको माग छ ।

चन्द्रपुर नगरपालिकाका नगरप्रमुख काफ्लेले भने, ‘नगर क्षेत्रलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउनु हाम्रो दायित्व हो । सडक सबैको साझा सम्पत्ति हो, यसलाई निजी स्वार्थमा प्रयोग गर्न पाइँदैन । यो अभियानलाई नगरपालिकाले निरन्तर दिन आवश्यक रहेको औल्याइएको छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal