
राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता बिराज भक्त श्रेष्ठको नेतृत्वमा भाद्र १३ र १४ गते काभ्रे र सिन्धुपाल्चोक जिल्लामा दुई दिने राजनीतिक भ्रमण सम्पन्न भएको छ।
भ्रमणमा प्रदेश इन्चार्ज, केन्द्रीय नेतृत्व, प्रदेश तथा जिल्ला समितिका प्रतिनिधि साथै काठमाडौंका सहयात्रीहरू समेत सहभागी थिए। कार्यक्रम अन्तर्गत स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट, संवाद तथा अन्तरक्रिया गर्दै जिल्लाका समस्या र सम्भावनाहरूका बारेमा छलफल भएको थियो ।
स्थानीयहरूबाट प्राप्त सुझाव, समस्याहरूको पहिचान र सम्भावनाहरूको खोजी यस भ्रमणको प्रमुख उद्देश्य रहेको उपनेता श्रेष्ठले बताए । जनताको माया, विश्वास र सक्रिय सहभागिताले भ्रमण सफल र अर्थपूर्ण बनेको उहाले बताए ।