
काठमाडौँ । चीनले संघाइ सहयोग संगठनको २५ औं शिखर सम्मेलन तियानजिनमा आयोजना गरेको छ । चीनले नेपाल, भारत, रुससहितको देशहरुका सरकार र राष्ट्रप्रमुखलाई निम्ता दिएको छ ।
सोही निम्तोअनुसार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लोदिमिर पुटिनसहितका नेताहरु एससीओ शिखर सहभागी भएका छन् ।
सो अबसरमा नेताहरुबीच दुई पक्षीय र बहुपक्षीय वार्ता समेत भइरहेको छ । यसैबीच रुसका राष्ट्रपति पुटिन, चीनका राष्ट्रपति सी चिनफिङको संयुक्त फोटो सार्वजनिक भएसँगै विश्वभर चर्चा भइरहेको छ । उक्त फोटो पहिलोपटक मोदीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
तस्वीरमा तीनै नेताले एक आपसमा कुरा गरिरहेका देखिन्छ । कुटनीतिज्ञहरुले तीनै देश वर्तमान विश्वका समस्यासँग जुध्न एक ठाउँमा भएको सन्देश दिएको बताएका छन् ।
तस्वीरमा मोदीले पुटिनलाई अँगालो पनि हालेको देखिन्छ ।
सी र मोदीले सीबीच व्यापार र आतंकवाद लगायतका विस्तृत मुद्दाहरूमा द्विपक्षीय वार्ता गरेका छन् भने पुटिन र मोदीबीच पनि त्यही स्तरको वार्ता हुने बताइएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार एससीओको तस्वीर सार्वजनिक भएसँगै अमेरिका र पश्चिमा देशहरुले नजिकबाट हेरिरहेका छन् । यो तस्वीरले अमेरिका भारतसँग थप चिढिने सक्ने विश्लेषकहरु बताउँछन् । उनिहरुका अनुसार भारत त्यसको लागि तयार भएको छ ।