आज :

रुबि हत्या ः पासवानले गरे हत्याको स्वीकार

  • अनलाइन डबली

रौतहट । रौतहट प्रहरीले पक्राउ गरेका लक्ष्मण पासवानले रुबि साहको हत्या गरेको स्वीकार गरेका छन ।

माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान आत्मदाह गर्नु अघि बनाइएको भिडियोमा स्वीकार गरेको पाइएको हो । उनले करीब ९ मिनेटको भिडियोमा  रुवीसँगको प्रेम सम्बन्धबारेमा धेरै कुराहरु खुलाएका छन् । विद्यालय समयकाल देखि नै हामी बीच सम्बन्ध थियो उनले भने,‘अदालतमा गएर विवाह पनि गरेका हौं । आफू गरिब भएकाले पारिवारिक तनावका कारण रुबीको हत्या गरेको उनले बनाइएको भिडियोमा स्वीकार गरेको पाइन्छ । रुबीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुबी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् ।

उनले भिडियोमा भनेका छन,‘मेरो जान मरिसकेकी छ ,“म बाँचेर के गर्नु । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पासवानलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । यस विषयमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal