
जनकपुर । जनता समाजवादी पार्टी नेपाल, धनुषाले जनकपुरधाममा आईतबार (आज) विरोध तथा जनप्रदर्शन गरेको छ ।
हजारौंको संख्यामा जसपा नेपालका नेता तथा कार्यकर्ताले जनकपुरधाममा विरोध र्याली निकाल्नुका साथै जनप्रदर्शन गरेका छन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि झुटा आरोप लगाइएको भन्दै उनीहरुले विरोध स्वरुप जनकपुरधाममा लगातार एक हप्तादेखि विरोध प्रदर्शन गर्दै आएको छ ।
विरोध प्रदर्शन जनकचोकबाट शुरु भई भानुचोक, कदमचोक, विद्यापति चोक हुँदै पुनः जनकचोकमा पुगी कोण सभामा परिणत भएको थियो ।
हजारौको सहभागिता रहेको विरोध प्रदर्शनको क्रममा जसपा नेपालका नेता कार्यकर्ताहरुले मधेश माथिको षडयन्त्र तत्काल रोक्न सरकारलाई चेतावनी दिएको छन् ।
भूमि विधेयकमा अहसयोग गरेको झोकमा अध्यक्ष उपेन्द्र यादवलाई गौर घटनामा फसाउँन षड्यन्त्र भइ रहेको भन्दै उनिहरुले सरकारको आलोचना गरेका छन् ।
प्रदर्शनकारीहरुले भूमि विधेयक फिर्ता लेउ, झुठा मुद्दा खारेज गर, मधेशमाथि षडन्त्र बन्द गर जस्ता नारा लगाएका थिए । कोणसभामा नेताहरुले सरकारद्वारा भइ रहेको मधेश माथिको षडयन्त्र तत्काल बन्द नगरिए कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले भूमि विधेयक मार्फत मधेशलाई औपनेशिकीकरण गर्दै मरुभूमिमा रुपान्तरण गर्ने षडयन्त्रको विरोध गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई १८ वर्ष पुरानो मुद्दा फसाउन राज्य संयन्त्र लागि परेको आरोप समेत लगाएका थिए ।