आज :

भारतीय दुतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

  • अनलाइन डबली

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाइ अतिक्रमण गर्ने भारतीय र चिनियाँ हस्तक्षेपकारी षड्यन्त्रका विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
शनिबार लौनचौरस्थित भारतीय दुतावास अगाडि संगठनले नेपाली भूमिमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाहले सँधै कुटनीतिक पहल गर्ने भनेर सरकारले कुरा गरेपनि त्यो खालको पहलकदमी चाँही नगरेको बताए ।
सरकार यसमा गम्भीर बन्नका साथै छलफलको विषय बनाउनुपर्ने उनको भनाई छ । लिपुलेकको सन्दर्भमा पटक–पटक विदेश सचिवस्तरिय समिति पनि बनेता पनि अन्तिममा आएर यो विषयमा भारत बाहिरिएको बताउँछन ।
उनले भने,‘हाम्रो सरकारले कुटनीतिक पहल गर्ने कुरा त छँदैछ । तर सँधै कुटनीतिक पहल भनेर बस्ने तर पहलकदमी चाँही गरिदैन् । पहिलो कुरा त सरकार यसमा गम्भीर बन्नुपर्छ र छलफलको विषय बनाउनुपर्छ । भारतले यो विषयमा छलफल नै गर्न चाहेको छैन् । लिपुलेकको सन्दर्भमा पटक पटक विदेश सचिवस्तरीय समिति पनि बनेका छन् । तर अन्तिममा यो विषयमा भारत बाहिरिएको छ ।’
त्यस्तै उनले भारतले नेपालसँग छलफल मात्रै गर्ने हो भने पनि नेपालसँग प्रसस्त प्रमाणहरु रहेको बताए । यो मुद्दालाई नेपाल र भारतबीचको विषयभन्दा पनि अन्तराष्ट्रियकरण गरी अन्तराष्ट्रिय अदालतसम्म गएर सिमानाको लागि लड्नुपर्ने उनको भनाई छ ।
प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा गर, लिपुलेक हाम्रो हो, नेपाली भूमिमाथिको हस्तक्षेपको बन्द गर, भारतीय सेना कालापानी, छोड, छोड ,छोड कालापानी छोड, नेपाली भूमि अतिक्रमण गर्ने निर्णय अबिलम्व खारेज गर लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal