आज :

सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको छ ः सांसद नेपाली

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भ्रष्टाचार नियन्त्रण गर्ने, मानव तस्करी जस्ता अपराधविरुद्ध कडा कदम चाल्नेको साटो सरकार तिनै अपराधलाई छोप्ने खेलमा रमाइरहेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानको रक्षा गर्नु पर्नेमा आजको सरकारले त्यसको अपमान गरिरहेको बताए ।

उनले भने,‘देश हाँक्नेहरूले संविधानको रक्षा गर्नुपर्ने हो, तर आजको सरकारले त्यसको अपमान गरेको छ । जनताको जीवनस्तर सुधार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, मानव तस्करी जस्ता अपराधविरुद्ध कडा कदम चाल्नेको साटो सरकार तिनै अपराधलाई छोप्ने खेलमा रमाइरहेको छ ।’

उनले मानव तस्करी जस्तो गम्भीर विषय उठ्दा ठूला दल किन आतिन्छन ? ‘भ्रष्टाचार’को भ सुन्न डराउँछन्, ‘तस्करी’ को त सुन्दा काप्छन् ? ‘काण्ड’ भन्दा औँला हामी नयाँतिर तेरस्याउँछ ? भन्दै प्रश्न गरे ।

नयाँ वैकल्पिक शक्तिलाई सिध्याउने खेलमा सरकारले रवि लामिछानेमाथि अन्याय गरेको बताउँदै उनले आदिवासी–जनजाति समुदायकी छोरी, उपसभामुख माननीय इन्दिरा राना मगरमाथि अंकगणितीय खेल खेलेको बताए ।

जबसम्म मानव तस्करीको जालो भत्किँदैन, दोषी कानुनी कठघरामा उभिँदैन, र पीडितले न्याय पाउँदैन् तबसम्म संघर्ष जारी रहने उनले घोषणा गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal