आज :

प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता : उहाँमाथि विभेद भयो

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्  । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले लामिछानेलाई भैरहवा पुगेर भेट्न चाहेको भए पनि समय नमिलेको कारण त्यहाँ जान नपाएको बताए ।

प्रचण्डले लामिछानेको काठमाडौंको बसाइ भैरहवा कारागारको भन्दा राम्रो रहेको टिप्पणी गरे । उनले लामिछानेसँग भएको कुराकानीमा पछिल्लो समय उनीमाथि गरिएको व्यवहार र विभेदका विषयमा लामिछानेले असन्तुष्टि व्यक्त गरेको जानकारी दिए ।

‘मेरै जस्तो केसमा अरूले उन्मुक्ति पाउने, अझ गम्भीर मुद्दा भएकाहरू उम्कने तर मलाई मात्रै लखेटिएको गुनासो उहाँको थियो,’ प्रचण्डले भने, ‘अहिले पनि मसँग राख्नुभयो, सदनदेखि सडकसम्म बोलेको कुरा उहाँलाई थाहा थियो, मैले त्यो दोहोर्याएँ ।’

लामिछानेले अदालतले तोकेको धरौटी राखेर मुद्दा लड्न चाहँदा पनि त्यस्तो सुविधा नपाएको भन्दै सरकार र सत्तारूढ गठबन्धनले आफूलाई अनुदार र विभेदकारी व्यवहार गरेको बताएका थिए ।

‘उहाँमाथि भएको विभेद कम होस्, उहाँलाई सहज वातावरण बनोस् भन्ने चाहना हो,’ प्रचण्डले भने, ‘तर उहाँले के महसुस गर्नुभएको रहेछ भने कांग्रेस र एमालेले जसरी व्यवहार गरे, त्यसले उहाँ र उहाँको पार्टीलाई राजनीतिक रूपमा फाइदा नै पुगिरहेको देख्नुभएको रहेछ ।’

भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal