आज :

सेवा प्रदायक कार्यालयले सूचना नियमित सार्वजनिक नगरेको गुनासो

  • अनलाइन डबली

रामेछाप । रामेछापमा सार्वजनिक सेवा प्रदायक निकायले प्रवाह गर्ने सूचना अझै प्रभावकारी र व्यवस्थित हुन नसकेको सरोकारवालाले बताएका छन् ।

सूचना दिवसको अवसरमा सूचनाको हकका लागि राष्ट्रिय महासंघको समन्वय तथा जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनमा भएको कार्यालय प्रमुख, पत्रकार र नागरिक समाज बिचको अन्तरक्रियामा सहभागी पत्रकार तथा नागरिक अगुवाहरूले सेवा प्रदायक कार्यालयले नियमित प्रवाह गर्नै पर्ने सूचना पनि नियमित सार्वजनिक नगरेको गुनासो गरे ।

कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले जिल्लाका कतिपय सरकारी कार्यालयहरूले समेत नियमित रुपमा सार्वजनिक गर्नुपर्ने सूचना सार्वजनिक नगरेको बताए ।

लोकतन्त्रको प्राणवायु नै सूचनाको हक भएकोले लोकतन्त्रलाई सुदृढ बनाउन सूचनामा सहज पहुँच स्थापना गर्नुपर्नेमा उनले जोड दिए ।

गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलले निर्माण आयोजनाहरूमा आयोजना बोर्ड समेत नराखी काम हुने गरेको बताए । यसले ती आयोजना कसको कति लागतमा कसरी बनाइरहेको छ भन्ने बारेमा समेत नागरिकलाई थाहा नहुने बताए ।

नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरेले सूचना जति सहज रूपमा दियो त्यति नै पारदर्शिता बढ्ने र अविश्वासको पर्खाल हट्दै जाने बताए । सूचना जति लुकायो त्यति नै कौतुहलता बढ्ने र त्यसबाट अविश्वासको वातावरण बन्दै जाने उनले बताए । कानुनी रूपमा पनि सूचना पाउनु नागरिकको अधिकार भएको तर्फ उनले ध्यानाकर्षण गराए ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सूचना पाउनु नागरिकको अधिकार भएकाले कानुन अनुसार सूचना प्रवाह गर्न सरकारी कार्यालय र अन्य सेवा प्रदायक निकायलाई निर्देशन दिए ।

उनले पुनः सूचना सहज पाइएन भन्ने गुनासो आएमा राम्रो नहुने चेतावनी दिए । ‘थापाले नागरिकले सूचना पाएनौँ भनेर गुनासो गर्नुहुन्छ, यो असाध्यै राम्रो भएन’, उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal