आज :

चितुवा नियन्त्रणमा लिन माग गर्दै प्रशासन घेराउ

  • अनलाइन डबली

गुलरिया(बर्दिया) । शुक्रबार साँझ चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका वडा नं १२ भैसाहीमा धान गोड्दै गर्दा ४३ वर्षीया जगतरानी थारूको मृत्यु भएपछि स्थानीयवासी आक्रोसित भएका छन् । स्थानीयबासीले चितुवालाई नियन्त्रणमा लिन माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरेका छन् ।

चितुवा नियन्त्रणमा नलिँदा सम्म शव नबुझ्ने मृतकका आफन्तीले अडान लिएका छन् । फेरी पनि अर्को घटना हुन सक्ने भएकोले चितुवा नियन्त्रण लिनुपर्ने गुलरिया नगरपालिका वडा नं १२ की वडा सदस्य भावना चौधरीले बताए ।

पीडित परिवार र स्थानीयको विरोध पछि पीडित पक्ष र जिल्ला प्रशासन कार्यालय विच सहमती भएको छ । डिभिजन वन, सुरक्षा निकाय, सामुदायीक वन र स्थानीय तहले समन्वयत्मक रुपमा सुरक्षा व्यवस्था मिलाउने, चितुवा नियन्त्रणको लागि आवश्यक्ता अनुसार खोर राख्ने, पीडित परिवारलाई व्यवस्था भए अनुसार राहत उपलब्ध गराउने लगाएतको सहमती भएको  वडाध्यक्ष रामकुमार थारूले बताए ।

समस्याग्रस्त चितुवालाई तत्काल नियन्त्रणमा लिई जिउज्यानको सुरक्षा गरिनुपर्ने, मृतक परिवारलाई कानुनबमोजिम क्षतिपूर्तिको व्यवस्था, चितुवा नियन्त्रणमा लिन १० वटा केजको व्यवस्था, चितुवा नियन्त्रण नलिएसम्म शव नलिने लगायतका माग उनीहरुले राखेका थिए । जिल्ला प्रशासन कार्यालयमा सहमती भएपनि पीडित परिवारले भने शव जिम्मा लिएका छैनन् । जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार काम सुरु गरेमा शव बुझ्ने पीडित पक्षले बताएका छन् । शव पोष्टमार्टम गरि बर्दिया अस्पतालमा राखिएको छ ।

नजिकैको सामुदायिक वनमा बसेर गाउँमा चितुवाले आतंक मच्चाएको भन्दै पटक पटक डिभिजन वन कार्यालय बर्दियामा खबर गर्दा समेत वेवास्ता गरेको कारण मानिस माथि चितवाले आक्रण गरेको स्थानीयले आरोप लगाएका छन् ।अहिले पनि नजिकैको सामुदायीक वनमा चितुवा घुमिरहेको उनले बताए ।

यस अघि बबई नदीको छेउमा पर्ने गुलरिया नगरपालिका वडा नं ५मा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal