आज :

मेलाको विषयलाई लिएर झडप, मेयर साह घाइते

  • अनलाइन डबली

रौतहट । कृष्ण जन्मअष्टमी मेलाको विषयलाई लिएर देवाही गोनाही नगरपालिकाको धरहरीमा झड्प भएको छ ।

धरहरी गाउँमा शनिबार आयोजित मेला उदघाटन गर्न रिबन काट्ने विषयलाई लिएर उत्पन्न विवाद पछि झड्प भएको हो ।

झड्पमा परेर जनप्रतिनिधि तथा सुरक्षाकर्मी गरि पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

देवाही गोनाही नगरपालिकाको मेयर प्रेमलाल साह , बरिष्ठ प्रहरी हवल्दार जगदीश यादव ,धनसुन्दर ठाकुर, स्थानीय बासिन्दा श्याम विनय साह र राम विकास साह घाइते भएका हुन । इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार घटनामा संलग्न देवाही गोनाही ९ धरहरी टोलका ४० बर्षीय राधामोहन साह, ३५ बर्षीय विनोद साह र २२ बर्षीय रितिक साहलाई नियन्त्रणमा लिइएको छ ।

झड्पमा घाइते भएका मेयर साह सहितको गरुडा स्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भै रहेको छ । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal