आज :

उपनिर्वाचनका कारण सरकार डराएर रविलाई नख्खु कारागार सारियो : दिपक बोहोरा

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रिय नेता दिपक बोहोराले उपनिर्वाचनका कारण रवि लामिछानेलाई सारिएको बताएका छन् ।

शनिबार नख्खु कारागार परिषद्मा पत्रकारहरुसँग कुरा गर्दै उनले उपनिर्वाचनका कारण सरकार डराएर अहिले रविलाई नख्खु कारागार सारिएको बताएका हुन् ।

उनले भने, ‘सरकार डरायो, भैरहवा राखेर चुनाव जित्छ जस्तो लागेर हो । उपनिर्वाचनका कारण जस्तो देखिन्छ । किनकी जेठ १७ गते आदेश भएको थियो किन त्यसबेला दिएन,’ नेता बोहोराले थप भने, ‘जतिबेला हामीले रवि लामिछानेलाई सारिनुपर्छ, सुरक्षित ठाउँमा, त्यहाँ अप्ठ्यारो छ भनेका थियौँ । मानव अधिकार आयोगले नै किन भन्नुपर्र्यो त ?’

उनले रविलाई जुनसुकै कारागार राखेपनि सुरक्षित हुनुपर्ने बताए ।

‘नख्खु राख्दा समस्या भएन, सुरक्षा हुनुपर्यो । पछिल्ला कैलालीका कारागारहरुमा जुन घटनाहरु भईरहेका छन् त्यसले के देखाउछ ? रवि दाई जहाँ भए नि सुरक्षित हुनुपर्र्यो त्यो उनीहरुको जिम्मेवारी हो,’ उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal