आज :

एमसीसी परियोजनाः २९७ किलोमिटर प्रसारण लाइन निर्माणको सम्झौता आज

  • अनलाइन डबली

काठमाडौं । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) परियोजनाअन्तर्गत २९७ किलोमिटरको विद्युत प्रसारण लाइन निर्माणका लागि आज सम्झौता हुँदैछ । एमसीसीका परियोजनाको निर्माणतर्फ नेपाली कम्पनीले पाएको यो नै पहिलो ठेक्का हो । यसअघि उक्त परियोजनाअन्तर्गत एक प्रसारणलाइन र तीन सबस्टेसन निर्माणको ठेक्का विदेशी कम्पनीले पाएका थिए ।

एमसीए नेपालका अनुसार दुई प्याकेजमा निर्माण हुन लागेको यस प्रसारण लाइनको रातमाटे–नयाँ दमौली खण्ड निर्माणका लागि एमरएस एञ्जेलिक–स्किपर जेभीले ठेक्का पाएको छ । उक्त कम्पनीले ७७.४८ मिलियन अमेरिकी डलरमा (बुधवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार १० अर्ब ८९ करोड रुपैयाँभन्दा बढी) सम्झौता हुन लागेको हो ।

त्यसैगरी, नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि नेपाली कम्पनीले नेतृत्व गरेको संयुक्त उपक्रम वाइबा–सलासर जेभीले ठेक्का पाएको छ । उक्त ठेक्काको लागत ७७.०३ मिलियन अमेरिकी डलर (बुधवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार १० अर्ब ८३ करोड रुपैयाँभन्दा बढी) छ ।

नेपाल सरकार र अमेरिकी सरकारको संयुक्त वित्तपोषणमा सञ्चालन हुने यस परियोजनामा कुल १५४.५१ मिलियन अमेरिकी डलर बराबरको सम्झौता हुने एमसीए–नेपालले जानकारी दिएको छ । एमसीसीअन्तर्गत प्रसारण लाइन निर्माणसँगै सडक मर्मतसम्भार लगायतका काम सञ्चालन हुनेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal