आज :

डियरवाक लर्निङ सेन्टरले सार्वजनिक गर्यो श्रब्यदृश्य सामग्रसहितको एप

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको सिफलमा रहेको डियरवाक लर्निङ सेन्टरले तयार गरेको फ्लिप कक्षाका श्रब्यदृश्य सामग्रसहितको एप सार्वजनिक गरेको छ । डियरवाक ग्रुप लिमिटेडको स्वामित्वमा रहेको लर्निङ सेन्टरले देशभरका विद्यालयहरुलाई निशुल्क रुपमा श्रब्यदृश्य सामग्री प्रदान गर्ने उद्देश्यले एप सार्वजनिक गरेको हो ।
एप सार्वजनिक गर्दै खैरेनी माध्यमिक विद्यालय सुक्लागण्डकीका पूर्वप्रधानाध्यापक केशवराज घिमिरेले श्रब्यदृश्यसहितको फ्लिप भिडियो तयार गरेर डियरवाक लर्निङ सेन्टरले डिजिटल भाषाको ढोका खोलेको बताए । उनले एपमा प्रशस्त सुधार गर्नुपर्ने भन्दै यसलाई नेपालका दूरदराजसम्म फैलाउन सुझाव दिए ।
डियरवाक एजुकेसन ग्रुपका अध्यक्ष हितेश कार्कीले पाठ्यक्रम विकास केन्द्र, नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा विकसित पाठ्यक्रमका आधारमा कक्षा ४ देखि ११ सम्मका लागि भिडियो कक्षाको विकास र वितरण गरिएको जानकारी दिए । उनले भने,‘करिब एक दशकको मेहेनतमा पहिलो चरणको सामग्रीहरु तयार गरेका छौं । एन्ड्रोइड र अफलाइन सुविधा यसमा उपलब्ध गराएका छौं । हामीले १२ देखि १८ मिनेटका श्रब्यदृश्य सामग्रीहरु एपमार्फत सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं । कुनै किताब पल्टाएजस्तै भिडियोहरु तयार गरेका छौं ।’
अध्यक्ष कार्कीले नेपालका दूर दराज र विश्वभर निःशुल्क उपलब्ध गराउनेगरी वेभसाइट, युट्युब, गुगल प्लेस्टोर र एपस्टोरमार्फत सामग्रीहरु हेर्न र सुन्न सकिने जानकारी दिए । साथै एपमा नयाँ र पुरानो दुवै पाठ्यक्रम राखिएको समेत बताए । ‘परिवर्तनशिल शिक्षाको अवधारणा अनुरुप परिवर्तित पाठ्यक्रमलाई मध्यनजर गरी २०७८ सालको पाठ्यक्रम र पाठ्यपुस्तक अनुरुप श्रब्यदृश्य सामग्रीहरुको परिमार्जन गरी पुनः रेकर्डिङ गरेर नयाँ एप ल्याएका हौं,’ उनले भने । समारोहमा एजुकेट नेपालका सिइयो अशोक डल्लीले एपका फिचरहरुको प्रशंसा गरेका थिए ।
४५ बढी शिक्षकहरुले तयार गरेको करिब ३५ सय बढी भिडियो सामग्री एपमा राखिएको पनि कार्यक्रममा जानकारी गराइयो । एपमा सबै अनिवार्य विषयको प्रविधिमैत्री विधिमार्फत अनलाइन, अफलाइन भिडियो सामग्रीहरु राखिएको जानकारी गराइयो । एपमा कक्षा अनुसारका विषयहरु छनोट गरेर सुन्न, हेर्न र पढ्न सकिने सुविधा उपलब्ध गराइएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal